चीनको छेन्दु र पोखरा सिधा हवाई सेवा सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु – पोखरा सिधा हवाई सेवा सुरु गरेको छ । पोखरा पर्यटन परिषदको पहलमा मंगलबार पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो ।

सिचुवान एयरलाईन्सको विमानमा हिजो १ सय २६ जना पोखरेली छेन्दू गएका छन् भने १२७ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन् ।

पोखराबाट पहिलो पटक भएको ऐतिहासिक व्यवसायीक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा पोखरेली पर्यटन व्यवसायीहरु छेन्दू गएका छन् ।

यस्तै उक्त पहिलो उडानमा पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पर्यटन वोर्ड पोखराका कार्यालय प्रमुख मणीराज लामिछाने लगायत छन् ।

त्यस्तै दोस्रो उडानमा पर्यटन व्यवसायीहरू समेटिनेछन् भने तेस्रो उडानमा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी हुनेछन्।

पहिलो उडानमा गएको उक्त नेपाली टोलीले ८ दिने भ्रमणका क्रममा पर्यटन प्रर्वरधनका लागि छेन्दु, लुझाउ, एमई, लिसान र छोङछिङ पुग्नेछ ।

उनीहरुले त्यहाँ सो अवधिभर पर्यटन पूर्वाधार, व्यवस्थापन र सहकार्यबारे अध्ययन गर्ने भएका छन् ।

यस्तै त्यहाँ चैत ६ गते छेन्दु र चैत ९ गते छोङछिङमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिने कार्यक्रम समेत रहेको छ ।

सो कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा प्रत्यक्षरुपमा सकारात्मक भूमिका खेल्ने पोखरेली व्यवसायीहरुको विश्वास छ ।

विशेषगरी राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्रीलाई समेत अन्तर्राष्ट्रिय उडान सुचारूका लागि पटकपटक ध्यानाकर्षण गर्दा पनि उडान सुचारु हुन नसक्दा निजि क्षेत्रका पर्यटन व्यवसायीहरुले नै केही प्रयास गरौं भन्ने उद्देश्यले पोखरा पर्यटन परिषद्को नेतृत्वमा यो व्यवसायीक उडान भएको हो ।

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा गण्डकी प्रदेशको पर्यटन व्यवसाय प्रभावित भएको र यही समस्या समाधानका लागि पोखरा पर्यटन परिषद, चिनियाँ दूतावास र सिचुआन एयरलाइन्सको सहकार्यमा उडान सुरू गरिएको हो ।

तीन महिनासम्म हुने यस व्यवसायीक उडानमा करिब १ हजार २ सय ५० चिनियाँ पर्यटक चिनको सिचुवानबाट हवाई मार्ग हुँदै सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गराउने प्रयास पोखरेली व्यवसायहरुको रहेको छ ।

यसका लागि चिनियाँ दूतावास, सिचुआन एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले यसको पहलमा सहकार्य गरेका छन्।

शुरुवाति चरणमा केही व्यवसायीक चार्टर्ड उडानबाट प्रारम्भ गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना समेत पोखरेली व्यवसायहरुको रहेको छ ।

यस्तै यो चार्टर्ड फ्लाईटबाट नियमित अन्र्तराष्ट्रिय फ्लाईटको लागि ढोका खुल्ने विश्वास पोखरेलीहरुले लिएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला