अक्षय कुमारको फिल्म बक्स अफिसमा पछारियो

सुबी गुरुङ
  • ख-
  • ख+

अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराजले रिलिज भएको आठ दिनमै बक्स अफिसमा पछारिएको छ । ३०० करोडको ठूलो बजेटमा बनेको यो फिल्मले अहिलेसम्म बक्स अफिसमा ५५ करोड कलेक्सन गरिसकेको छ । यसको आठौं दिनको कमाई पनि सार्वजनिक भएको छ । सम्राट पृथ्वीराजको दोस्रो शुक्रबार बक्स अफिसमा ठूलो गिरावट आएको बताइएको छ ।

सम्राट पृथ्वीराज यसअघि नै प्रकोप ‘डिजास्टर’ भइसकेको छ । जुन ३ मा रिलिज भएको चलचित्रले दोस्रो शुक्रबार अर्थात जुन १० मा कमाईको हिसाबले करिब ८१ प्रतिशतले गिरावट आएको छ । बलिउड हंगामाका अनुसार सम्राट पृथ्वीराजले आफ्नो आठौं दिनमा १.८५ देखि २ करोड रुपैयाँसम्म कमाई गरेको छ । योसँगै फिल्मको कलेक्सन ५७ करोड मात्रै हुन सकेको छ । शुक्रबार हलमा हिन्दी फिल्मको दर्शक ११ दशमलव ७२ प्रतिशत रहेको छ ।

भारतका वीर योद्धा सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित चलचित्र सम्राट पृथ्वीराजले सुरुदेखि नै सुस्त कमाई गरिरहेको छ । फिल्मले पहिलो दिन १० करोड ७० लाख कमाएको थियो । योसँगै फिल्मको पहिलो साताको कलेक्शन पनि राम्रो भएन । आठ दिनमा आइतबार जुन ५ मा मात्रै फिल्मको कमाईमा उछाल आएको छ । यस दिन सम्राट पृथ्वीराजले १६ करोड संकलन गरेको थियो । त्यसयता फिल्मका लागि पैसा कमाउनु ठूलो चुनौती बनेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला