“सबै मौसममा पर्यटन” भन्ने नारा सहित तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।

“सबै मौसममा पर्यटन” भन्ने नारालाई आत्मसाथ गर्दै यो महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने यस महोत्सव फागुन ७ देखि १० गतेसम्म हुनेछ । समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिएको हो ।

महोत्सव प्रतेक वर्ष जस्तै यस वर्ष पनि मेश्रम बराह मा.वि. घान्द्रुकको प्राङ्गणमा हुनेछ भने यस महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिताहरु सञ्चालन हुनेछ ।

४ दिनसम्म सञ्चालन हुने महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमहरु पनि हुने र खेलकुदलाई पर्यटनसँग जोड्न महोत्सवमा खेलकुदका कार्यक्रमहरुलाई जोडिएको संयोजक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६र६ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०र१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले बताउनुभयो ।

यस्तै उहाँका अनुसार क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने छ ।

महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै यस महोत्सवको पत्येक साँझ सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिनेछ ।

विशेषगरी घान्द्रुक आउने पर्यटकहरुलाई विभिन्न खेलकुदका गतिविधिबाट समेत अझ बढी मनोरञ्जन प्रदान गर्न र यस ठाउँको संस्कृतिलाई जर्गेना गर्ने उद्देश्य सहित महोत्सव आयोजना भएको पनि घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभएको छ ।

अध्यक्ष गुरुङका अनुसार महोसत्व अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई २० प्रतिशत छुट र खेलाडीलाई ८ सय रुपैयाँको प्याकेजमा होटल उपलब्ध गराउँने पनि बताउनुभयो ।

त्यस्तै घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टेहरु सञ्चालनमा रहेको समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

घान्द्रुक गाउँ माछापुच्छ्रे हिमालको काखमा अवस्थित र गुरुङ संस्कृतिका लागि परिचित गाउँ हो । यहाँ ढुंगैढुंगा बिछ्याएर बनेका घरहरु भएकाले यस गाउँ ‘ढुंगेनी गाउँ’ को रूपमा पनि परिचित छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्ने यो गाउँ स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा स्थापित छ ।

अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका चर्चित पदमार्गहरुको प्रवेशद्वार पनि हो घान्द्रुक गाउँ ।

पोखराबाट जम्मा साँढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडकखण्डको नयाँपुल, विरेठाटी हुँदै घान्द्रुक पुग्न सकिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला