टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थालाई डस्टबिन र कम्पोस्ट मल बिन वितरण गरिएको छ ।
कोइका र युएनडिपीको आर्थिक सहयोगमा मङ्गलबार ६०÷६० थान सो सामग्री प्रदान गरिएको छ । सो अवसरमा मल बनाउनका लागि आवश्यक केमिकल समेत प्रदान गरिएको हो ।
पोखरा महानगरपालिकाको आयोजनामा तथा ग्रीन वेस्ट म्यानेजमेन्टको सहजीकरण र बगैँचा टोल विकास संस्थाको सहकार्यमा टोल विकास संस्थाका सदस्यहरूलाई सो सामग्री प्रदान गरिएको छ ।

ग्रीन वेस्ट म्यानेजमेन्टका प्रशिक्षक कुशल घिमिरे र सुदीप गुरुङले कम्पोस्ट मल बनाउने तरिका र दिगो फोहर व्यवस्थापनका बारेमा टोल विकास संस्थाका सदस्यहरूलाई सिकाएका थिए ।
प्रशिक्षक घिमिरेले महानगरका ३३ वटै वडाका सक्रिय टोल विकासकालाई सहयोग गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको वडा नं ६ मा रहेका सक्रिय टोल विकास संस्थाहरू मध्ये सक्रिय पाँच वटालाई प्रदान गर्ने योजना अनुसार बगैँचा टोल विकासलाई प्रदान गरिएको पोखरा वडा नं ६ का वडा सदस्य वासु बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा बगैँचा टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले संस्थाले सदस्यहरूका लागि विभिन्न कार्यक्रमहरू ल्याउने गरेको बताउनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निर्वतमान अध्यक्ष एवं संस्थाका सल्लाहकार नेत्र भण्डारीले डस्टबिन वितरण कार्यले सफा टोल बनाउन सहयोग पुग्ने बताउनुभयो ।
अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछानेले टोल विकासले सदस्यहरूलाई विभिन्न तालिमहरू दिएको स्मरण गर्दै घरबाट निस्कने फोहरलाई कम्पोस्ट मल बनाई आय आर्यआर्जनको स्रोत बनाउनुपर्नेमा जोड दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला