मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

सुबी गुरुङ
  • ख-
  • ख+

शिक्षक सेवा आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौँ, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ ।

यसैगरी लमजुङ, कास्की, बागलुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला