मूल्यवृद्धिविरूद्व अनेरास्ववियु रूपन्देही ओर्लियाे सडकमा

सुबी गुरुङ
  • ख-
  • ख+

अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध जिल्लाका विभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ ।

अनेरास्ववियु रुपन्देहीले बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदहलगायतमा एकघण्टा चक्काजाम गरेको हो । पटक–पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको विरोधमा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर छुट गरी जनतालाई राहत दिन उनले माग गरेका छन् ।

बुटवलको मिलनचोकको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेललगायतले बोलेका थिए । सैनामैनामा केन्द्रीय सदस्य सीमा घिमिरे, जिल्ला कोषाध्यक्ष सुमित सापकोटा, देवदहमा केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला सहसचिव अर्जुन गैरे, भैरहवामा केन्द्रीय सदस्य सरोज ठकुरी, जिल्ला सहसचिव भीम भण्डारीलगायतले बोलेका थिए ।

आजको जक्काजाम सांकेतिक भएको र अब दैनिक उपभोग्य वस्तुको मूल्य नघट्दासम्म चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख प्रकाश पराजुलीले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला