आन्दोलनरत लगानीकर्ता पुँजीबजारको सुधार र विकासको माग राख्दै बृहत प्रदर्शन

सुबी गुरुङ
  • ख-
  • ख+

पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज शुक्रबार बृहत प्रदर्शन गर्ने भएका छन्।

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने भएका हुन्। बृहत प्रदर्शनमा सहभागी हुन लगानीकर्ताहरुलाई आह्वान गरिएको छ।

संघर्ष समितिका संयोजक तिलक कोइरालाले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज ३ बजे माइतीघर गएनौँ भने हरेक लगानीकर्ताले आफैँलाई घात गरेको ठहर्छ र हाम्रो आन्दोलन असफल हुन्छ। ख्याल राखौँ है।’

आन्दोलनमा चौथो दिन बिहीबार दिउँसो ३ बजे भेला भएका विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुले पुँजीबजारलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएका विभिन्न नीतिगत व्यवस्थाको चर्को आलोचना गरेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला