गठबन्धन दलकै सांसदको आक्रोश– गृह मन्त्रालय असफल भयो

सुबी गुरुङ
  • ख-
  • ख+

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृह मन्त्रालय असफल भएको भन्दै सांसदले प्रश्न उठाएका छन् । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चा सांसद दुर्गा पौडेलेले जनताको जीवनको सुरक्षाका लािग लिएको जिम्मेवारी पूरा गर्न मन्त्रालय असफल भएको बताइन् ।

उनले देशमा बलात्कार हत्या लुटपाटको समस्या चर्कँदै गए पनि मन्त्रालय नियन्त्रणमा चुकेको बताइन् । “प्रविधिको युगमा प्रविधिलाई प्रयोग गरेर अपराधमा अनुसन्धान छिटो छरितो हुन सकेको छैन । पीडितले न्याय पाउनेगरी काम भएको छैन,” उनले भनिन्, “चोरी तस्करी रोक्न पनि गृह मन्त्रालय पूरै असफल देखिन्छ । सुरक्षा जिम्मा लिएका व्यक्तिहरू नै आपराधिक गतिविधिमा लागेको देखिन्छ ।”

उनले बजेट पनि सन्तुलित प्रक्रियामा विनियोजन हुन नसक्दा आपराधिक घटनामा अनुसन्धान हुन नसकेको बताइन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला