हेमजा युनाइटेडको आयोजनामा छैटौं आईस अन्तर्राष्टिय हेमजा गोल्डकप अषाढ ४ गतेबाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

हेमजा युनाईटेडको आयोजनमा “छैटौं नेपाल आईस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप २०७९ नकआउट फुटबल प्रतियोगिता ” हुने भएको छ । सो नकआउट फुटबल प्रतियोगिता अषाढ ४ देखि ११ गतेसम्म हेम्जा स्थित गौरीशंकर खेल मैदानमा हुने भएको छ ।

विगतमा पाँचौं संस्करणसम्म शुभकामना कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको यस क्लबले यो वर्षबाट भने गोल्डकपको रुपमा अघि बढ्ने आज प्रतियोगिताबारे जानकारी दिने उद्देश्य सहित आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस प्रतियोगितामा आयोजक हेमजा युनाइटेड सहित नेपालका उत्कृष्ट ए श्रेणी एंव मोफसलका क्लबहरु विरगंज युनाइटेड, खुमलटार युवा क्लब, बाग्मती युवा क्लब, चर्च ब्वाइज एफसी, कालिका स्पोर्टस एकेडेमी, एभनियर एफसी डाउला र एएफपी एफसी जम्मा आठ टिमको सहभागिता रहने भएको छ ।

उक्त प्रतियोगितामा विजेता टिमले नगद रु ६ लाख सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएको छ । त्यस्तै उप–विजेता टिमले नगद रु ३ लाख सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु ५० हजार, सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार, म्यान अफ द म्याचले नगद रु ३५ हजार, फेयर प्लेयर पुरस्कार नगद रु २५ हजार र पाँच विधामा उत्कृष्ट हुनेले जनही नगद रु २०–२० हजार सहित ट्रफी प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष इन्द्र बहादुर कुँवरले सो नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्ज नगद रु ६३ लाख ६८ हजार ५ सय लाग्ने र अनुमानित आम्दानी नगद रु ६३ लाख ५० हजार हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

विशेष गरी हेमजा आफैमा खेलकुद प्रेमी व्यक्तिहरु बसोबास गर्ने स्थान भएको र यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फुटबल खेल मार्फत ख्याती कमाउन सफल खेलाडीहरु उत्पादन गर्न यस प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष कुँवरले विभिन्न महत्वले भरिपूर्ण हेमजाको मध्य भागमा अवस्थित हेमजा खेल मैदानको खेलकुद जगतमा अतुलनीय योग्दान रहँदै आएको र उक्त खेल मैदान प्रादेशिक रंगशालाका लागि प्रस्तावित हुनुका साथै सो कार्य सम्पन्न गर्नका लागि सहयोग गर्ने उद्देश्यलाई मध्यनजर गर्दै स्थापना भएको यस क्लबले उक्त नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला