काठमाडौंको फोहोर विसर्जनका लागि बन्चरेडाँडातर्फ गएका कन्टेनर आज पनि फिर्ता

सुबी गुरुङ
  • ख-
  • ख+

काठमाडौंको फोहोर विसर्जनका लागि बन्चरेडाँडातर्फ गएका कन्टेनर आज पनि फिर्ता भएका छन्। स्थानीयले सडकमा छेकबार लगाएपछि कन्टेनर फर्किएका हुन्। बुधबार पनि स्थानीयको अवरोधपछि कन्टेनर फोहोरसहित फिर्ता भएका थिए।

‘स्थानीयले अवरोग गरेपछि आज पनि फोहोरका कन्टेनर फर्किए,’ महानगरका प्रवक्ता महेश काफ्लेले भने, ‘प्रहरी–प्रशासन लगाएर पनि फोहोर व्यवस्थापन गर्न कठिन प¥यो।’ उनले स्थानीयका सबै समस्या महानगरले सम्बोधन गर्न नसक्ने र उक्त जिम्मेवारी महानगरको नभएको बताउँदै यसबारे सहरी विकास मन्त्रालयले चासो दिनुपर्ने बताए।

लामो समयदेखि फोहोर फालिँदै आएको सिसडोल भरिएपछि एक साताअघिदेखि नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको थियो। तर, स्थानीयले फोहोरका कन्टेनर रोकेपछि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित बनेको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला