नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फोहोरमैला र ट्राफिक व्यवस्थापनमा देखिएको अस्तव्यस्तताले जनजीवन कष्टकर बनेको बताएका छन् । उनले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्कुल जाने समय र सरकारी कार्यालय जाने समय फरक गर्नुपर्ने माग गरे ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले पछिल्लो समय बढेको महँगीले समेत काठमाडौंको जीवन अस्तव्यस्त बनेको बताए ।
‘ट्राफिक व्यवस्थापनको समस्याका कारण एक ठाउँदेखि अर्को ठाउँ जान सकिएको छैन । म यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहान्छु,’ सिंहले अघि भने, ‘काठमाडौंको ट्राफिक व्यवस्थापन सहज बनाउन स्कुल जाने समय र नेपाल सरकारको कार्यालय जाने समय फरक गर्ने हो भने सहज हुन्थ्यो कि ? सरकारले यसबारे ध्यान देओस् ।’
उनले काठमाडौंको फोहोरमैला व्यवस्थापन र महँगी नियन्त्रणमा समेत सरकारको ध्यान नपुगेको बताए ।














