वडा न. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ६ साउन । पोखरा महानगरपालिका वडा न. २५ को सेवा नयाँ प्रशासनिक भवनबाट सुरु भएको छ । पहिला सेवा दिदै आएको कार्यालयबाट सेवा दिन कठिनाइ भएको हुदा नयाँ कार्यालयबाट सेवा दिन लागिएको हो ।
पहिला सेवा दिदै आएको कार्यालयमा भवन फराकिलो नहुनु, पार्किङको ब्यवस्थापन नहुनु आदि समस्या रहेको थियो ।
आइतबारदेखि सेवा सुरु गरिएको कार्यालयमा फराकिलो तथा राम्रो पार्किङ रहेको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनाउनु भयो । वडा कार्यालय साबिक ग्राम प्रकाश आधारभूत बिद्यालयको भवनमा सारिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भुगोलको हिसाबले पोखरा ठुलो महानगरपालिका भएको बताउदै जनसंख्या पनि धेरै भएको उल्लेख गर्नुभयो । सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि आवश्यक हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी गुरुङले सेवा शुभारम्भ गरेको बधाई दिदै वडा कार्यालयबाट सेवाग्राहीको काम सहज तरिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले वडाबाट पाइने सेवा सुबिधा बारे जानकारी गराउदै वडा बासिन्दाले पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा न. २ का अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी र गौरि शंकर मा।बिका अध्यक्ष भोजराज पौडेल लगाएतले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल, गौरि शंकर मा।बिका प्र।अ अम्बर कुँवर, साबिक ग्रामप्रकास आ.बि का अध्यक्ष दलबहादुर कुँवर प्र.अ मनोहरी तिमिल्सिना लगाएत अन्य सदस्यलाई सम्मान गरियो ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी इश्वरी बाँस्तोलाले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला