दर्शन सहकारीमा सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको उक्त सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक भेषराज बरालले सहकारीमा हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराउनुभएको थियो ।
साथै प्रशिक्षक बरालले सहकारीको सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेर बहादुर उच्चै , नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल , नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फम सिंह नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाही , दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला