रामजी कुँवर श्रम प्रतिष्ठान स्थापना हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको पोखरामा तेस्रो स्मृति दिवस मनाइने भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले असार २१ गते शुक्रबार कार्यक्रम आयोजना गरी कुँवरको स्मृति दिवस मनाउने तथा रामजी कुँवर श्रम प्रतिष्ठान स्थापना घोषणा गर्ने समेत बताइएको छ ।

युनियनका जिल्ला अध्यक्ष कमलबहादुर सापकोटाले कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसी सहभागी हुने जानकारी दिनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार कार्यक्रम शुक्रबार बिहान ८ बजे पृथ्वीचोकस्थित नेपाल ट्रेड युनियन कांग्रेसको सभाहलमा हुनेछ ।

२०१२ साल असोज १२ गते जन्मिनुभएको कुँवर स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेद्वार हुनुहुन्थ्यो ।
उहाँको कोरोना संक्रमणका कारण २०७८ असार २१ गते निधन भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला