चलचित्र विकास बोर्डको लोगो २३ वर्षपछि

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गर्नुभएको हो ।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्माण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवम् वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गर्नुभएको हो ।
लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।

लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।

यस अघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो । चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला