पोखरा–जापान सम्बन्धको सेतुका रूपमा ‘साकुरा’ स् नगर प्रमुख आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन (आइएचसी) र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाउनुभएको हो ।
पोखरा वडा नं.६ र मितेरी आमा समूहको सक्रियतामा बसुन्धारा पार्कमा २५ वटा साकुरा लगाइएको छ ।

पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताउनुभयो । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फुल ल्याइएको उहाँले बताउनुभयो । फुल्दा असाध्यै सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा आफूले लिइएको उहाँले बताउनुभयो ।

प्रमुख आचार्यले साकुरा रोपणसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा समेत गर्नुभयो । यस परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उहाँले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने उहाँले बताउनुभयो ।

प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनु पर्ने बताउनुभयो । साकुराका लागि पोखरामा उत्तम वातावरण रहेको उहाँले बताउनुभयो । अव यसलाई पार्कमा मात्र होइन अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको छ । केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवाहरू लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताउनुभयो ।

साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ ।
नेपालका गाउँ गाउँमा साकुरा रोपेर दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहना उसको छ । नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्य लिइएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला