अभियानका सदस्यहरुलाई मादल, खैजडी र मुजुरा बजाउने तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २२ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्ग स्थित अभियान महिला समुहका सदस्यहरुले मादल, खैजडी र मुजुरा बजाउनका लागि सीपमुलक तालिम लिएका छन् ।
समुहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा समुहमा आबद्ध ३५ जना सदस्यहरुले सो सीपमुलक तालिम लिएका हुन् ।

पाँच दिनसम्म संचालन भएको तालिममा सहभागिहरुलाई रुद्र सुवेदी च्वाईले खैजडी र मुजुरा, सुनीता पौडेलले मादल बजाउने सगै अन्य विविध विषयमा सहजिकरण गरेका समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिनुभयो ।
सिप सिकै आत्मनिर्भर बनौ सगै मौलिक कला सस्कृतिको संरक्षण र जगेर्ना गरौ भन्ने उदेश्य सहित तालिम आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । समुहका सदस्यहरुलाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुर्याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको भनाई उहाँको छ ।

हराउदै गएका पुराना लोक बाजाहरुको संरक्षण गर्ने उदेश्य समेत तालिमको रहेको आयोजक समुहकी उपाध्यक्ष गंगादेवी पौडेलले जानकारी दिनुभयो । तालिम लिएका समुहका सदस्यहरुले बिबाह, ब्रतबन्ध एबम टोल छिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन सहयोग पुग्ने भनाई उहाँको छ ।
नयाँ पुस्तालाई आफ्नो मौलिक बाजा चिनाउन र बजाउन सिकाउन समेत तालिमले सहयोग गरेको समुहकी सदस्य सावित्री पराजुलीले बताउनुभयो । आफनो नेपाली मौलिक बाजा चिनाउने र यसको महत्वबारे परिवारका नयाँ पुस्तालाई जानकारी दिने काममा समेत तलिमले सहयोग पुरयाएको भनाई उहाँको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला