बन्चरेडाँडा र सिसडोलमा गरेका वाचा पूरा गर्न अर्बौँ रुपैयाँ चाहिने : गगन थापा

सुबी गुरुङ
  • ख-
  • ख+

नेपाली कांग्रेसका नेता गगन थापाले बन्चरेडाँडा र सिसडोलमा गरेका वाचा पूरा गर्न अर्बौँ रुपैयाँ चाहिने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले यसपटक काठमाडौंमा फ्लाईओभर र अन्डपास नबनाएर त्यहाँ छुट्याइएको रकम फोहोर व्यवस्थापनमा खर्च गर्न पनि सुझाए ।

“भौतिक विकास मन्त्रालयको यस वर्षको बजेटमा काठमाडौंमा फ्लाईओभर बनाउने नीति लिएको छ । अन्डरपास बनाउने भनिएको छ । फोहोरको हल गर्नका लागि सहरी विकास मन्त्रालयको पैसाले पुग्दैन,” उनले भने, “बन्चरेडाँडा र सिसडोलमा गरेका वाचाहरू पूरा गर्न अर्बौँ रुपैँया चाहिन्छ । काठमाडौंमा योपटक फ्लाईओभर नबनाए पनि हुन्छ । अन्डरपास नबनाए पनि हुन्छ ।”

बन्चरे डाँडो र सिसडोलमा फोहोर व्यस्थापनका लागि बजेटबाट केही अर्ब छुट्याउन पनि सुझाव दिए । उनले फोहोरका विषयमा भइरहेको समस्याबारे सहरी विकासमन्त्रीको जवाफ पनि माग गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला