फोहोर विसर्जन गरिने ल्याण्डफिल्ड साइटमा फेरि अवरोध

Subi Gurung
  • ख-
  • ख+

काठमाण्डौबाट फोहर बोकेर पुगेका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाले फेरि रोकेका छन् ।

काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो।

त्यही सहमति अनुसार बिहान फोहर लिएर गाडी गएका थिए । तर, स्थानीय बासिन्दाले आफूहरुसित सहमति नभएको भन्दै फोहर विसर्जनमा अवरोध गरेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । उनीहरुले सरकार र जनप्रतिनिधिबीच भएको सहमति नमान्ने बताएका छन् ।

हिजो सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । सहरी विकास मन्त्रालयमा हिजो काठमाण्डौ महानगरपालिका, सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको थियो ।

सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन, अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभावित क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाण्डौ महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहरलाई आउने साउन एक गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला