पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आलोक गुरुङलाई पुरस्कृत गर्ने

ज्योति हमाल
  • ख-
  • ख+

पोखरा । कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित ललितकला पुरस्कार यस वर्ष कलाकार आलोक गुरुङलाई प्रदान गरिने भएको छ । प्रत्येक दुईरदुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११, ताम्रपत्र र दोषल्ला रहेको छ ।

पोखरेली युवा सांस्कृति परिवार ९पोयुसाँप०का अध्यक्ष मोती भुजेलले कलाकार गुरुङले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए । उनका अनुसार प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायनको संयोजकत्वमा बनेको समितिले गुरुङलाई सर्वसम्मत रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसअघि ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्गी, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् ।

पुरस्कार आगामी असार ४ गते शनिबार एक समारोहकाबीच प्रदान गरिने अध्यक्ष मोती भुजेलले जानकारी दिए । पुरस्कार कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख हुने उनले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला