रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पश्चिम पृतना हे.क्वा., पोखरामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम Defence Correspondent Orientation Programme (DCOP) आज ( शुक्रबार ) सम्पन्न भएको छ ।
समापन समारोहमा पश्चिम पृतनाका पृतनापति उपरथी श्री सन्तोष बल्लभ पौड्यालले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै प्रमाणपत्र वितरण गर्नुभयो ।

बैशाख २५ गतेबाट चार दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै विभिन्न स्थानहरुको स्थलगत अवलोकन भ्रमण लगायतका विविध गतिविधिहरु सञ्चालन गरिएको थियो ।

 

यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला