पिसीएममा पाइथन प्रोग्रामिङ तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित पाँच दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो ।

राष्ट्रिय आविस्कार केन्द्रका ७ जना श्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए ।

राष्ट्रिय आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरि बहादुर पहारीको प्रमुख आतिथ्यतामा शुभारम्भ र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो ।

प्रमुख अतिथिद्वयले यस्ता प्राविधिक तालिमले विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने बताएका थिए । अबको समय प्रविधिकै समय भएकाले प्राविधिक ज्ञान अपरिहार्य रहेको बताएका थिए ।

कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले यस्ता उपयोगी कार्यक्रमलाई कलेजले सधैं स्वागत गर्ने बताउनुभयो ।

कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले स्वागत एवं बीसीआइएस संयोजक हरिप्रसाद बरालले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला