पोखरा चाइल्ड स्टार सिजन २ को उपाधि निलिषा र समिरलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा चाइल्ड स्टार सिजन २ को उपाधि निलिषा गुरुङ र समिर कुमालले जितेका छन् ।
बालिकातर्फ फस्ट रनरअप ईन्दु सेन, सेकण्ड रनरअप नज्योशा सिंह ठकुरी, थर्ड रनरअप शिरीशा पौडेल र फोर्थ रनरअप स्वेच्छा क्षेत्री भएका छन् ।

बालकतर्फ फस्ट रनरअप जोनाथान बाबु लम्साल र सेकेन्ड रनरअप इभान रावत, तर्ड रनरअप कृसब सुवेदी भएका थिए ।
१४ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा ग्रान्ड फाइनलमा १० जना पुगेका थिए ।

उक्त कार्यक्रममा चाइल्ड स्टार सीजन १ का विनर विल्सन ठकुरीको म्युजिक भिडीयो पर्दापण गरिएको थियो भने साहित्य सम्राट तथा अलौकिक कवि देशभक्त कुँवर , संकेत अगस्ती र गायक विश्वराज न्यौपाने लाई सम्मान गरिएको थियो ।

फाइनल कार्यक्रमको निर्णायकमा मोडल विराज बास्कोटा ,मोडेल तथा गायिका एलिना थपलिया , समाजसेवी तथा शिक्षिका जमुना गिरी , प्रमुख निर्णायक डा. जग्गनाथ रेग्मी र निर्णायक व्यवस्थापनमा प्रो. डा. यम बहादुर पौडेल क्षेत्री रहनु भएको थियो ।
विजेता सम्पूर्ण लाई प्रमुख अतिथि एसएसपी शारदा प्रसाद चौधरीको हात बाट प्रमाणपत्र, अवार्ड र ताज पहिरन गरिएको थियो ।

पोखरा चाइल्ड स्टार सीजन २ को कोरियोग्राफरमा पूजा शर्मा र रोहन गुरुङ्गले गरेका थिए । उक्त कार्यक्रमको स्वागत मन्तव्य सोनी पूरीले गर्नुभएको थियो ।
पोखरा चाईल्ड स्टार सीजन २ को कार्यक्रम सञ्चालन सुमी पूरी साथै देवेन्द्र शाहीले गरेका थिए गर्नुभएको थियो ।
उक्त कार्यकम आइक्यास पोखराका (क्ष्ऋब्क् उयपजबचब ) प्रबन्ध निर्देशक समिर थापाले समापन गर्नुभएको थियो ।
नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि डान्स गण्डकी डान्स, सोसल अवार्ड जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला