पोखरामा अभियान पशुपन्छी कल्याण सम्बन्धी अन्तरक्रिया

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । एनिमल नेपाल धोविघाट ललितपुरको आयोजनामा पशु पन्छी कल्याणको लागि एनिमल नेपालको समर्थन अभियान पशुपन्छी कल्याण सम्बन्धी अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा अण्डा उत्पादन गर्ने कुखुरा पालन गरी व्यवसायी गर्दै आएका कुखुर व्यवसायीहरुलाई पिंजडामुक्त खोरबारे सचेतना गराई, शसक्तिकरण गरी पिंजडा मुक्त व्यवसायी प्रोत्सान गर्न, पिंजडामुक्त खोरमा पालिएका कुखुराहरुबाट प्राप्त अण्डाको उपभोगबारे, सचेतनाका साथ अण्डा उत्पादन गर्ने उद्देश्यले गरिएको हो ।

कार्यक्रम प्रमुख सुलोचणा राणाले घरदैलो कार्यक्रम मार्पmत सहकार्य गरी पिंजडामुक्त खोरमा पालिएका कुखुराहरुबाट प्राप्त अण्डा उपभोग प्रतिबद्धता गर्ने, सरोकारवालाहरुलाई अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमिक्त तयार पारेका प्रचार सामग्री वितरण गर्ने र नेपालमा पिंजडामुक्त खोरमा अण्डा उत्पादन गर्ने कुखुराहरुको व्यवहारिक पक्षको आंकलन तयार गर्ने लगायत उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
राणाले संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताउदै अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपंक्षीको स्वास्थ्यमा ध्यान दिन सम्बन्धित निकायलाई उहाँको आग्रह छ । उहाँले पशुपंक्षीको खाना र बासस्थानबारे उपभोक्ताले पनि जानकारी लिनुपर्ने बताउनुभयो ।

राणाले अण्डाको उत्पादन मिति र एक्स्पाएरी मिति तोकेर मुल्य निर्धारण गर्नुपर्ने बारे आफ्नो संस्थाले जनचेतना कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभयो । उपभोक्ताले पनि आफुले खाने अण्डाको स्थितिबारे चासो राख्नुपर्ने उहाँको भनाई छ ।
लामो समय देखि पशु कल्याणको क्षेत्रमा काम गरि रहेको एनिमल नेपालको पशुपंक्षी कल्याण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको सहजिकरण एनिमल नेपालका देव उपाध्यायले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी कर्मचारी, जिल्ला समन्वय समिति कास्कीका अध्यष लिलाधर पौडेल, पत्रकारहरुको सहभागिता रहेको थियो ।

एनिमल नेपाल पशुपन्छीलाई दुख पिडा र मानव सिर्जित क्रुरताबट छुटकारा दिने लक्ष्य बोकी सन् २००९ मा स्थापना भएको हो ।
एनिमल नेपाल यो लक्ष्य प्राप्त गर्न, एनिमल नेपालले पशुपन्छीको उद्धार लगायत विभिन्न अनुसन्धान, चेतना मुलक अभियान तथा वकालतको काम गर्ने गरेको छ ।
पशु कल्याणबारे सामाजिक शिक्षा प्रदान गरी, धेरै मानिसहरुको मनोवृतिमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको एनिमल नेपालको दाबी छ ।
एनिमल नेपालले विशेष गरी गोर्खा, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा पशु कल्याण सम्बन्धी कार्यक्रम सन्चालन गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला