एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखरामा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी परिषद् गठनसँगै पदस्थापन गरिएको छ ।
विद्यालयका नेपाली शिक्षक अमृत घिमिरेले प्रजातान्त्रिक पद्धतिबाट विद्यार्थीद्वारा मतदान गरेर निर्वाचित भएको परिषद्को सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको जानकारी दिनुभयो ।

पदस्थापन कार्यक्रममा विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले परिषद्को सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको गहना अनुशासन भएको उल्लेख गर्दै शैक्षिक र सहक्रियाकलापसँगै विद्यालयमा सुन्दर वातावरण सिर्जना गर्न परिषद्को महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो ।

ठिन्लेले विजयीलाई बधाई दिँदै सहकार्य र समूहगत सहभागिताले विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय भूमिका रहने बताउनुभयो ।
उक्त अवसरमा विद्यार्थीबाट निर्वाचित भएका स्कुल क्याप्टेन लोब्साङ छिरिङ र केल्साङ ल्हामो गुरुङले प्रतिबद्धता जनाउँदै आफ्नो भनाइ राखेका थिए ।
मतदानबाट चयन भएका स्कुल प्रिफेक्टहरूमा छात्रतर्फ यासी दोर्जे, तेन्जिन छिरिङ, छिरिङ दोर्जे र सोनाम साङ्पो रहेका छन् ।
त्यसैगरी छात्रातर्फ ल्हामो छिरिङ, दावा नाम्डु शेर्पा, कृषला राना र पासाङ डोल्मा गुरुङ चयन भएका छन् ।

परिषद्का सदस्यहरूले प्रतिबद्धता वचन वाचन गर्दै विद्यालयको गरिमा र इज्जत उँचो राख्न हरसम्भव प्रयास गर्नेमा जोड दिए ।
सो अवसरमा उनीहरूले एसओएसको शैक्षिक गुणस्तर कायम राख्न लगनशील भएर हर सम्भव प्रयास गरिरहने प्रतिबद्धता जनाए ।
यसैगरी पदस्थापन कार्यक्रममा विद्यालयका हरेक कक्षाका छात्र÷छात्रा मनिटर, होस्टल प्रिफेक्ट, हाउस क्याप्टेनलाई व्याच र खादाले स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

विद्यालयका शिक्षक को–अर्डिनेटर द्वय गोविन केसी र उर्गेन दावाले मन्तव्य राखेको कार्यक्रममा शिक्षिक छिरिङ युडोनले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला