हाम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीको अबसरमा रक्तदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रम सम्पन्न भयो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्तदाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बल्ड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो ।
प्रमुख अतिथि पौडेलले “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताउदै सहकारीले गरेको कामको प्रशंसा गर्नुभयो । पौडेलले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार गरि महत्व बुझाउनु पर्नेमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश क्षेत्रिले सामाजिक उत्तरदायित्व अन्र्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उपाध्यक्ष क्षेत्रीले सामाजिक कार्यलाई संस्थाले आगामी दिनमा पनि निरन्तरता दिने सुनाउनुभयो ।
सचिब नरेश तिमिल्सीनाले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिनुभएको थियो ।
उपाध्यक्ष प्रकाश क्षेत्रिको सभाअध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाअध्यक्ष पिताम्बर (विनय) पराजुलिले र सल्लाहकार महेन्द्रराज अधिकारी, सल्लाहकार उमनाथ बराल, सल्लाहकार रमेश पौडेल, प्रमुख ब्यवस्थापक शिव शर्मा वाग्ले, लेखा संयोजक राजुराज पौडेल, ऋण संयोजक गणेश पहारी, ऋण समितिका सदस्य क्या कृष्ण बहादुर गुरुङ र शिक्षा उप समिति संयोजक कमला सुवेदी लगाएतले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला