सशस्त्र प्रहरी, कालिका गण र जिएमसीबिच स्वास्थ्य सुविधामा छुट दिने संझौता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका गण र गण्डकी मेडिकल कलेज जिएमसीबिच स्वास्थ्य सुविधामा छुट दिने सम्बन्धी संझौता भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा र गण्डकी मेडिकल कलेज जिएमसी नयाँबजार पोखराका प्रिन्सिपल प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठबिच बुधबार संझौता भएको हो ।

गण्डकी प्रदेशमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी तथा परिवारजन, गण्डकी प्रदेशभित्र बसोबास गर्ने अवकास प्राप्त सशस्त्र प्रहरी तथा परिवारजन र अमर सशस्त्र प्रहरीका आश्रित परिवारजनहरूमा छुट उपलब्ध गराउने सम्बन्धी संझौता भएको हो । छुट १५% देखि १००% उपलब्ध गराउने संझौता रहेको छ ।
हस्ताक्षर गरेको मिति २०८० चैत ७ गतेदेखि नै स्वास्थ्य सेवामा गण्डकी मेडिकल कलेजले संझौता अनुसार छुट दिने जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला