दर्शन सहकारी १४ औं वर्षमा प्रवेश गर्दा अमोर बालगृह सेवागुहमा सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १४ औं स्थापना दिवस सोमबार अमोर बालगृह सेवा कटुजे स्वारा, फेदीखोलामा सहयोग हस्तान्तरण कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा दर्शन सहकारीको सस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार खिम बहादुर शाहीले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो ।

दर्शन सहकारीका अध्यक्ष राजाराम शाहि ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा संस्था निवर्तमान अध्यक्ष बिष्णुकुमारी उच्चै, सल्लाहकार गया शाही ठकुरी, प्रबन्धक फम सिह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दर्शन सहकारी संस्थाका अध्यक्ष राजाराम शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण मल्ल र सचिव ज्योती हमालले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला