पोखरा थिएटरमा मञ्चन भैरहेकोछ ‘धनिरामको गोरू’

नगेन न्यूज
  • ख-
  • ख+

नाटककार केदार नाथ पौडेलद्धारा लिखित धनिराम गोरू नाटकलाई कपिल शर्माले निर्देशन गर्नुभएको छ ।
प्रत्येक दिन बेलुका ५ बजे नाटक मञ्चन भैरहेको पद्मप्रेम थिएटरको अध्यक्ष सबु पाठकले शनिबार १ बजे पनि नाटक मञ्चन हुने जानकारी दिनुभयो । धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको सबुले बताउनु भयो ।

लेखेको विषय वस्तुले मूर्त रूप पाउदा आनन्द आउने नाटकार पौडेलले जानकारी दिनुभयो ।
निर्देशन शर्माले नयाँ पुराना कलाकारहरुले जमेर अभिनय गरेको देखेर भाव विभोर भएको बताउनु भयो ।
१ घण्टा १५ मिनेटको नाटक धनिरामको गोरू हेर्नका लागि टिकट काट्नुपर्ने छ । ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेर मात्र नाटक हेर्न पाइनेछ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ ।
नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भुमिकामा छन् । नाटकमा गुरुङ सङ्गै विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत , अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला