वातावरण दिवसमा टेसाको पदमार्ग सरसफाइ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा टे«किङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराले एक दिवसीय पदयात्रा, पदमार्ग सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
टेसाले आइतबार पोखरा–२५ हेमजा मेलबोटदेखि माछापुच्छे« गाउँपालिका–६ अस्ताम र वडा नम्बर ७ धम्पुससम्मको पदमार्गमा सरसफाइ गरेको हो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर टेसाले सफाइ गरेको छ । संकलित फोहोर माछापुच्छे«–६ का वडाध्यक्ष टेकनाथ गौतम र ७ का वडाध्यक्ष वैकुण्ठ भण्डारीलाई टेसाले हस्तान्तरण गरेको छ । टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले वार्षिक कार्यक्रमअनुसार वातावरण दिवसमा एक दिनको पदयात्रा र पदमार्ग सरसफाइ गरेको बताए । ‘पोखराबाट नजिकका गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यसले आफ्नो गाउँ, टोल, पदमार्गलाई सफा राख्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन र पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुगेको छ ।’
टेसाले माछापुच्छे«–७ मा आइतबार नै विश्व वातावरण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रियामा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वभर मनाइने वातावरण दिवस पोखरामा पनि पर्यटनसँग सम्बन्धित संस्थाले मनाउनु अर्थपूर्ण भएको बताउनुभयो । ‘अहिले टे«किङ रुट मासिँदै गएका छन् । भएकामा पनि फोहोर त्यस्तै छ,’ उहाँले भन्नुभयो, ‘विदेशी पर्यटक डाइभर्ट हुने हुन् कि भन्ने चिन्ता छ । त्यसका लागि स्थानीय जनप्रतिनिधिले नै मुख्य रुपमा सोच्नुपर्छ ।’
माछापुच्छे«–७ का वडाध्यक्ष वैकुण्ड भण्डारीले गाउँकार्यपालिकाको पहिलो बैठकमा वातावरणको मुद्दालाई प्रमुखताका साथ उठान गर्ने प्रतिवद्धता व्यक्त गर्दै मोटरबाटोको सट्टा वैकल्पिक पदयात्रा मार्गको संरक्षण आफ्नो प्राथमिकतामा रहेको सुनाउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले टेसाको उक्त कार्यक्रमले स्वास्थ्यमा सचेतना र व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको बताउनुभयो । टेसाले झण्डै १२ किलोमिटर लामो पदमार्गमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला