लिटल फ्लावर आर्ट क्लब गठन

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा लिटल फ्लावर आर्ट क्लब गठन भएको छ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की छात्रा रोजी गुरुङको नेतृत्वमा १३ सदस्यीय लिटल फ्लावर आर्ट क्लब गठन भएको हो ।

क्लबको उपाध्यक्षहरुमा आन्जेन गुरुङ र आरित गुरुङ, सचिवमा जस्मिन भूजेल, कोषाध्यक्षमा भविन विक, सह–सचिवमा प्रथा गुरुङ र रोहित गुरुङ सर्वसम्वत रुपमा चयन भएका छन् ।
सदस्यहरुमा अर्विन गुरुङ, रोयश गुरुङ, साइमन वि।क।, रेश्मी परियार र अर्नव भण्डारी र सुनिश्मा जोशी रहेका छन् ।

प्रिन्सिपल बिकल पौडेल संरक्षक तथा कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेल र अतिरिक्त कृयाकलाप प्रमुख विचित्र न्यौपानेलाई सल्लाहकार चयन गरिएको छ ।

आर्ट क्लब गठनका अवसरमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानका अभियन्ता कलाकार प्राज्ञ नगेन सिंह ठकुरीले कला क्षेत्रमा उत्कृष्टता देखाउँदै विद्यालय र गुरुहरुलाई नबिर्सन आग्रह गर्नुभयो ।

नवगठित आर्ट क्लबका पदाधिकारीलाई व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङ, विद्यालय सञ्चालक कार्यबाहक अध्यक्ष दिपेन्द्र राई, राइजिङस्टार युवा क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ, व्यवस्थापन समितिका सदस्यहरु तीर्थ अधिकारी, ओमबहादुर गुरुङ, निर्मला अधिकारी, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला