शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस १२ । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो ।

प्रभावीले सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीलाई सहजीकरण गर्नुभएको थियो ।
तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विद्यार्थीले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना अनुभवसमेत आदानप्रदान गरेका तालिममा साइबर अपराधबाट जोगिने र जोगाउने उपायबारे छलफल भएको थियो ।
सोही अवसरमा बाल क्लबले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूबारे पनि छलफल गरिएको थियो । पढाइसम्बन्धी एप्लिकेसनहरूका बारेमा जानकारी दिएको तालिममा बाल क्लबकी अध्यक्ष समीक्षा सुनाम, कोषाध्यक्ष करुणा ओझा, युवा रेडक्रस सर्कलका अध्यक्ष विदुर अधिकारीलगायतले प्रतिक्रिया दिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला