‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’बाट डा.आचार्य, शर्मा र बास्तोला सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पुस ४ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पत्रकारिता वृत्ति सम्मानबाट तीन जना बरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मान गरिएको हो ।
नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्यलाई सम्मान गर्न गरिएको हो ।

उक्त सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सम्मान गरिएको हो ।

वृत्ति सम्मान कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले रचनात्मक पत्रकारिताको खाँचो रहेको बताउदैं पत्रकारितामा सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज फर मिडिया’ मान्ने प्रचलन रहेको भन्दै राजनीतिमाजस्तै पत्रकारितामा पनि सुधारको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितामा नियमन जरुरी रहेको बताउदै पत्रकारितामा छाडातन्त्र रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र नियमन पनि जरुरी रहेको बताउनुभयो ।

गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले पत्रकारिता समाजको दर्पण भएकाले यो जिम्मेवार बन्नुपर्ने रहेको बताउदै अन्य क्षेत्रमाजस्तै पत्रकारितामापनि विकृति भित्रिएकाले यसलाई संग्लाउन पत्रकारहरु नै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

पुरस्कार दाता परिवारका तर्फबाट केसी परिवारका सदस्यहरु किरण केसीले पुरस्कृतहरुलाई बधाई दिदै सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टलाई पत्रकार महासंघ कास्कीले अझै उचाईमा पु¥याउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरु आचार्य, शर्मा र बास्तोलाले सम्मानले थप जिम्मेवारी बोध गराएको बताउदै पत्रकारिता लोकतन्त्रको पर्याय भएको भन्दै उहाँहरुले स्वतन्त्र र जिम्मेवार पत्रकारिताको आवश्यकतामा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष विमला भण्डारी, संघका पूर्व अध्यक्षहरु बद्री विनोद प्रतीक, पून्य पौडेल, पुरस्कार दाता परिवारका तर्फबाट केसी परिवारका सदस्यहरु किरण केसी, प्रकाश केसीलगायतले ताम्रपत्र, दोषल्ला, खादा र माला लगाएर सम्मान गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला