पोखरा । संविधान सभासदस्य विन्दादेवी राना आलेले पोखरा ३३ भरतपोखरी लामगादीको खानेपानी योजना उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा संविधान सभासदस्य विन्दादेवी राना आलेले लामगादी बासीहरूका लागि खानेपानी आयोजना महत्वपूर्ण साबित हुने बताउनुभयो । उहाँले पानीलाई बढीभन्दा बढी उपयोग गर्दै फलफूल तथा तरकारी उत्पादनमा समेत लाग्न स्थानीयलाई सहज हुने बताउदै पानीको उपभोगले कृषिमा समेत रुपान्तरण आउने विश्वास व्यक्त गर्नुभयो ।
आलेले पानीको सहज व्यवस्थाले स्थानीय नागरिकको आयआर्जनमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।
आलेले पानीको दुरुपयोग नगरी आवश्यकताका आधारमा उपभोग गर्न नागरिकलाई अनुरोध गर्दै खानेपानीको दिगो उपलब्धता तथा संरक्षणको लागि आफु सदैव नागरिकसँगै हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति केशर प्रसाद निर्दोशी, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, जग्गादाता ईश्वरी पौडेल, प्रतिभा क्लवका अध्यक्ष सुनिल बास्ताकोटी,डेविजफल क्लवका अध्यक्ष विनम गुरूड,जागृती आमा समुहका अध्यक्ष कमला देवी आचार्य लगायतले आफ्ना भनाई राखेका थिए ।
प्रेम बहादुर बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कृष्ण रानाभाटले र संचालन मोहन सिंह पुनले गर्नुभएको थियो ।