स्थापना दिवसको अवसरमा शिशु कल्याणमा खेलकुद

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा १७ छोरेपाटन स्थित शिशुकल्याण इङ्लिस स्कुलको ३५औं स्थापना दिवसको अवसरमा खेलकुद कार्यक्रम सुरु भएको छ ।
बार्षिक खेलकुद कार्यक्रमको राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले दिप प्रज्वलन तथा कार्यक्रम लोगो अंकित बेलुन उडाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले स्थापनाको ३५ औं बर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै बिद्यालयले गुणस्तरीय शिक्षाका साथै खेल क्षेत्रमा पनि योगदान पुर्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक किशोर सिंह मल्लले मंसिर १३ देखि १५ सम्म संचालन हुने कार्यक्रममा बिभिन्न तहका ३५ प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह प्रधानाध्यापक रीता गुरुङले स्वागत तथा सञ्चालन एव बिद्यालयका शिक्षक भरतराज पौडेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला