प्यारडिसोमा शुक्रबार साँझ अनुप्रस्थ व्याण्डको प्रस्तुती

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ कात्तिक । लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ ले शुक्रबार पोखराको लेकसाइडमा लाइभ प्रस्तुतीका लागि आउदैछ ।
पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक ३ गते शुक्रबार साँझ लाइभ प्रस्तुती लिएर दर्शकमाझँ आउन लागेको हो ।

व्याण्डले सुख दुःखको बिचमा बसेर, नाचन मइच्याङ, सम्झेर मलाई लगाएतका गीतहरुले दर्शकलाई मनोरञ्जन दिने छ ।

दशैका लागि पोखरा आउने पर्यटकहरु र दशैका बेला मनोरञ्जन लिन चाहनेहरुका लािग चर्चित व्याण्डको प्रस्तुती राख्न लागेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताउनुभयो । दशैलाई अझ उत्सव बनाउन निःशुल्क प्रबेशको व्यवस्था गरको पौडेलको भनाई छ ।

व्यण्डमा निरन शाही गायक, मञ्जिलराज श्रेष्ठ ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बेस गितार र सुरेश महर्जन डंगोल रहेका छन् ।
अनुप्रस्थ व्याण्ड सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’ को उपाधि जिते चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु फार्मट संगीत पारखीलाई मनोरञ्जन दिदै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला