युरिक एसिड सित्तैमा, अन्य जाँचमा ३० प्रतिशत छुट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ कात्तिक । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले नेपालीका मुख्य चाडपर्वलाई मध्यनजर गरी चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ ।
युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयसहित प्रदेशभरि रहेका युआरएलका २० शाखाबाटै उपभोक्ताले यो अफरको सुविधा पाउँछन् ।

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः २०१५ प्राप्त युआरएलमा कात्तिक महिनाभरि युरिक एसिडको जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।

महान् पर्वका बेला नेपालीलाई सुलभ दरमै स्वास्थ्य जाँचको अवसर दिन चाडपर्व अफर ल्याइएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताउनुभयो ।
युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म डेढ सयभन्दा बढी निशुल्क शिविर आयोजना गरिसकेको छ ।
चाडै पोखराको लेकसाइडमा युआरएलको नयाँ शाखा सञ्चालन गर्ने तयारी भएको प्रबन्ध निर्देशक गणेश कोइरालाले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला