
पोखरा, ६ असोज । लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोज कुमार अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै रक्तदान गर्दा त्यसले अरु विरामीले नयाँ जीवन पाउने बताउनुभयो । उहाँले एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्ने बताउनुभयो । एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित हुने बताउनुभयो ।
कार्यक्रममा रक्तसंचार सेवा पोखराका बरिष्ठ प्राविधिक महेन्द्र केसीले तीन तीन महिनामा रक्तदान गर्न सकिने बताउनुभयो । उहाँले मरेर जाने सेललाई रक्तदान गर्दा अर्को व्यक्तिलाई रगत अभाव पुरा गर्ने बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका ब्लड कोडिनेटर जितेन्द्रमान शाक्यले १८ देखि ६५ वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सकने बताउनुभयो ।
उहाँले रगतलाई अरु हिसाबले बनाउन नसकिने हुदाँ यसको अर्को कुनै विकल्प नभएको बताउनुभयो । शल्यक्रिया, सुत्केरी महिला, दुर्घटना परेका व्यक्तिलाई रगतको बढि मात्रमा आवश्यक पर्ने गरेको उहाँको भनाई छ । उहाँले आफुले अहिले सम्म ८१ पटक रक्तदान गरिसकेको बताउदै रक्दान गर्दैमा कुनै कमजोरी नहुने बताउनुभयो ।
रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा मर्दी सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक प्रचण्ड धौनियार, क्लबका कोषाध्यष विष्णुप्रसाद अधिकारी, सदस्य अर्जुन पौडेल र क्लबका अध्यक्ष मनोज कुमार अधिकारीले रक्तदान र क्लबले आगामी दिनमा गर्ने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
उहाँहरुले रक्तदानले मानिसको स्वास्थ्यलाई अझ राम्रो बनाउन सहयोगि हुने बताएका थिए ।