नगेन आर्ट एकेडेमीमा तेस्रो राष्ट्रिय कला प्रदर्शनी सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, भदौं २० । नगेन आर्ट एकेडेमीको आयोजनामा तेस्रो राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । पोखरा–४, चिप्लेढुङ्गा स्थित घामपानी मार्केटमा रहेको एकेडेमीकै हलमा आजबाट चित्रकला प्रदर्शनी सुरु भएको हो । सो प्रदर्शनी कार्यक्रमको समुद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले गण्डकी प्रदेशको नक्साको चित्र कोरेर गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले कलाकार राष्ट्रको गहना भन्दापनि यो मानव शरीको महत्वपूर्ण अंग आखाँको रुपमा आफुले लिएको बताउनुभएको छ । उहाँले शब्दले बयान गर्न नसकेका धेरै कुराहरु चित्रले बोल्ने गरेको बताउनुभयो । “शान्ति, पर्यटन र कला प्रर्वद्धन” भन्ने मूल उद्देश्यसहित स्थापित यस नगेन आर्ट एकेडेमीले आयोजना गरेको यस चित्रकला प्रदर्शनी कार्यक्रम निकै उत्कृष्ट रहेको बताउँदै आसोज २० गतेसम्म सञ्चालन रहने यस प्रदर्शनी कार्यक्रमको लागि शुभकामनासँगै सफलताको कामना समेत गर्नुभएको छ ।

त्यस्तै उद्योग महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अन्तर्राष्ट्रिय स्तरमा चित्रकलाको महत्व भएको तर नेपाल जस्तो कला–संस्कृतिमा धनी भएको राष्ट्रमा कलाको उजार गर्नको लागि सरकारले अझै पहल गर्न नसक्नु दुःखद भएको बताउनुभयो । तर यस नगेन आर्ट एकेडेमीले राजधानी बाहिर रहेर यस क्षेत्रको विकासका लागि केही गर्ने उद्देश्यसहित स्थापना भई विभिन्न समयमा आयोजना गर्दै आईरहेको यस्ता प्रदर्शनी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गरेको जानकारी दिनुभयो ।
प्रदर्शनी कार्यक्रममा नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना होइन अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै नेपाल ललितकला बिकास बोर्डको आवश्यक भएको र प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्नुभयो ।
यस्तै नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले विकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुने गरेको तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै जसका कारण चित्रकला प्रदशनीमा समस्या भएको भन्दै नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेका कला अब कहाँ प्रदर्शर्नी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो ।
तेस्रो राष्ट्रिय कला प्रदर्शनी आयोजना गर्दासम्म पनि कुनैपनि सरकारी निकाय र यससँग सम्बन्धीत निकायहरुबाट चासो नदिएकोमा दुःख समेत व्यक्त गर्नुभयो ।

सात प्रदेशका १४ वटा जिल्लाका १ सय ४० जना कलाकारहरुले कोरेका चित्रहरु रहेको यस प्रदर्शनी असोज २० गतेसम्म सञ्चालन हुनेछ ।
यस प्रदर्शनीमा ६ӿ८ ईन्च देखि ५ӿ६५ फिटको बिशाल कलाकृति रहेको र सोको मुल्य १ हजारदेखि १ करोड ५० लाखसम्म रहेको कार्यक्रम संयोजक प्रमिशा सिलवालले जानकारी दिनुभयो ।
यस प्रदर्शनी कार्यक्रमको समुद्घाटनमा स्वागत एकेडेमीका सल्लाहकार कृष्ण रानाभाट र धन्यवाद विद्यार्थी शिला घिमिरेले गर्नुभएको थियो ।
यस प्रदर्शनी कार्यक्रमको सहयोगी सस्था पोखरा प्रज्ञा प्रतिष्ठान, खल्ती एप र अफिसियल मिडिया परिचय नेटवर्क रहेको छ ।

प्रदर्शनीमा गोपाल श्रेष्ठ–कास्की, केदार पालिखे–कास्की, पदम घले–कास्की, पारु अधिकारी–कास्की, आयान रोनियार–पर्सा, रिङ्की कुमारी बर्नवाल–चितवन, सुरेम देसार–ललितपुुर, दिल्ली कृष्ण आले–धनकुटा, रश्मी बराल–कास्की, शिव स्रिपाली–कास्की, अनमोल रिजाल–कास्की, तिलक पुन–कास्की, राजु चित्रकार–ललितपुर, चन्द्र रम्तेल–कास्की, आयुष बाटाजु–कास्की, प्रिसा तिम्सिना–कास्की, बनु माया गुरुङ्ग–कास्की, आशिया नेपाली–कास्की, अशिम घमाल–कास्की, आयुष पराजुली–कास्की, आरोन बाबु लिगल–कास्की, फियोना गुरुङ्ग–कास्की, छितिस अधिकारी–कास्की, अल्जीना राई–कास्की, सलोनी मिस्र–कास्की, स्मारिका विश्वकर्मा–कास्की, अंकिता सुनार–कास्की, सपना थापा–कास्की, बिनोद थापा–कास्की, सुजल छन्त्याल–म्याग्दी, इन्दु सेन–कास्की, भुषणक्राज भण्डारी–कास्की, शाश्वतमान श्रेष्ठ–कास्की, सानीका पौडेल–कास्की, अमन कार्की–कास्की, नरेश विष्ट–दार्चुला, मिलन थापा–भक्तपुर, तिर्थ निरौला–धरान, यश कुमार श्रेष्ठ–कास्की, रुद्र वली–कास्की, साधना ढुङ्गाना–कास्की, बुद्धि गुरुङ्ग–कास्की, गोपी श्रेष्ठ–सर्लाही, मछिन्द्र शाक्य–बाग्लुङ, सन्जिप लामिछाने–कास्की, केशर गुरुङ्ग–कास्की, नगेन सिंह–कास्की, प्रमिशा सिलवाल–कास्की, कमल नेपाली–कास्की, सोहन शर्मा–कास्की, सरहान प्रधान–धनकुटा, मिक्सेन लिम्बु–धनकुटा, कृति शाह–ललितपुर, रोविन राई–धनकुटा, आशिष अधिकारी–कास्की, सुरज सुवेदी–बाँके, वाइ.सि.भुत्तेल–कास्की, बिक्रम शिशिर–सुर्खेत, राधेश्याम मुल्मी–कास्की, सुभन्ता पौडेल–कास्की, शिला घिमिरे–कास्की, उज्जवल अधिकारी–कास्की, मिना–कास्की, नजोज्सा सिंह–कास्की, जोनाशा सिंह–कास्की, मान्या सिंह–कास्की, आयुष गुरुङ्ग–स्याङ्जा, महेश आचार्य–स्याङ्जा, रुक्साङ्ग पुन –कास्की, एल. पि गुरुङ्ग– कास्की, आयान पौडेल– कास्की, निर्भान बराल–कास्की, श्रेया हाडा श्रेष्ठ, शुश्मा श्रेष्ठ, डा. सिमा शाह , उमाशंकर शाह, रमेश खनाल, मुकेश मल्ल, पुराण खड्का, सुष्मा राजभण्डारी, जस्मिन राजभण्डारी, चन्दा श्रेष्ठ, सम्झना राजभण्डारी, शंकर शर्मा, उत्तम नेपाल, शिव प्रसाद न्यौपाने, राजेश मानन्धर, राजन खड्का, सुरेन्द्र प्रधान, महेश आचार्य, अर्जुन खालिङ्ग, एन.बि. गुरूङ्ग, मदन श्रेष्ठ, संगिता घिमिरे, नेम बहादुर तामाङ्ग प्रमोद, रमेश विकल, राजु पिठाकोट, वि.आर. श्रेष्ठ , डि. राम पाल्पाली, टिका दत्त दाहाल, भिषण राजभण्डारी, निरज चित्रकार, केशवराज खनाल, अनिता खनाल, घनश्याम गुरागाँई, गोपी श्रेष्ठ, ज्योति प्रकाश वि.क., मञ्जु सेउला, बिपना महर्जन, हितमान गुरूङ, राजेन्द्र कुवंर, मुकेश ताम्राकार, सुष्मा भट्ट, नगेन सिहं, विशाल राना मगर, सन्तोस राई, राजेन्द्र नापित, नकुल विश्वकर्मा, सुदिन श्रेष्ठ, कर्ण दुरा, यदु बलामी, श्यामा रम्तेल बाबु, प्रमीला लामा, कृष्ण देव महर्जन पुजा, किशोर नर्कर्मी, कृष्ण राउत, राम बहादुर ठाडा, देबेन्द्र पाण्डे, विक्रम तामाङ, सुमन शाक्य रहेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला