तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता चितवनमा हुने

नगेन न्यूज
  • ख-
  • ख+

चितवन । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।
कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष÷महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ , क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल मुहको प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उहाले बताउनुभयो ।

त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु२०,००० र द्वितीय हुनेलाइ रु १०,००० प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट निर्णायकलाई १०/१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताउनुभयो ।

सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उहाको भनाइ छ ।
पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला