नुवारथोक टोल बिकास संस्थाको अध्यक्षमा पुनः दामोदर बराल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ,भदौ २ । पोखरा ७ मा रहेको नुवारथोक टोल बिकास संस्थाको अध्यक्षमा पुन दामोदर बराल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बरालको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा बिना गौतम पौडेल, सचिव दामोदर पराजुली, कोषाध्यक्ष इन्दिरा बराल , सदस्यहरुमा श्रीराम थापा , रामचन्द्र देबकोटा, निर्मला अर्याल बराल, बिष्णु पान्डे, पार्बती पौडेल र शैलेस बराल निवार्चित भए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका ७ का वडा अध्यक्ष राममोहन आर्चायले वडा भित्रका सबै सघं सस्थालाई साथमा लिएर वडामा विकास निर्माण र सामाजिक कार्यलाई अगाडी बढाउने बताउनुभयो । उहाँले पोखरा ७ भित्र रहेका टोल विकास सस्थाहरुमा नुवारथोक टोल बिकास सस्थाले आफुलाई सधै सक्रिय राखेकोमा नेतृत्वलाई बधाई सहित शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पोखरा ७ का सभापति नवीन राज बराल, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा सभापती भोजराज बराल र सस्थाका सल्लाहकार एवम शिक्षासेवी रमाकान्त बराल लगायतले आफ्ना भनाई राखेका थिए ।
संस्थाका सल्लाहकार बिष्णु प्रसाद बरालको संयोजकत्वमा डम्मरु राज बराल रसन्जय पौडेलको निर्बाचन समितिले निर्बाचान गराएको थियो ।
संस्थाका कोषाध्यक्ष दामोदर पराजुलीले संचालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष महाकाली बरालले गर्नु भयको थियो भने संस्थाको बार्षिक कार्यप्रगती प्रतिबेदन र आर्थिक प्रतिबेदन अध्यक्ष दामोदर बरालले प्रस्तुत गर्नुभयको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला