
पोखरा । आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता बनेको छ । कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरेर शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो ।
विभिन्न चरणमा छलफलपछि तयार भएको आचारसंहिता कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई हन्तान्तरण गर्नुभएको हो ।
आचारसंहिता तयार गर्न कोशिशसँग वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कानुनी सहजीकरण गर्नुभएको थियो ।
सबै काम सकेर कार्यान्वयनका लागि पत्रकार महासंघ कास्की शाखालाई बुझाइएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले बताउनुभयो ।
सन् २०२१ मा कास्कीमा आत्महत्यादर बढि देखिएपछि कोशिशले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको थियो ।
सोही समयमा सञ्चार माध्यममा प्रकाश/नप्रशारण हुने समाचार कारण आत्महत्या गर्नेहरुलाई प्रशय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी संहिता निर्माण प्रक्रिया सुरु गरिएको घिमिरेले बताउनुभयो ।
यसमा आत्महत्याका समाचा। सनसनीपूर्ण नबनाउने, सूचनाहरुलाई प्रमुख स्थान नदिने र बारम्बार नहो¥याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडियोको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्याक्ति वा सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यान दिने, गोपनियता हकको सम्मान र विश्वसनीय जानकारी जा स्रोत नखुलाउन जस्ता विषय समेटिएका छन् ।
यो कार्यान्वयनमा गएपछि आत्महत्यादर घटाउन सहयोग पुग्ने संयोजक घिमिरेले बताउनुभयो ।
आचारसंहित ग्रहणपछि पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले आचार संहिता पुनः एकपटक पढेपछि कार्यान्वयनमा लैजाने बताउनुभयो । कास्कीसँगै केन्द्रलाई पनि पालनाका लागि आग्रह गर्ने उहाँको भनाई थियो ।