केकी र सलोन अभिनित फिल्म ‘जय हो’को ट्रेलर अष्ट्रेलियाबाट सार्वजनिक (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फङ्क्सन सेन्टरमा फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको फिल्म आगामी भदौ ८ गते रिलिजको तयारीमा रहेको छ ।

ट्रेलरमा फिल्मका शीर्ष कलाकार केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको त्रिकणात्मक प्रेमकथालाई चित्रण गरिएको फिल्ममा केकी अधिकारी र सलोन बस्नेतका साथै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य अभिनेता सलोन बस्नेतसहित आमेश भण्डारी, सुशान्त कार्की लगायतको उपस्थिति थियो ।
निर्माताद्धय सुरज ल्वागुन र राज के अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रमसमेत गरिएको बताए ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुनुहुन्छ भने फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किन्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला