पोखरामा आखाँ पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि, साबधानी अप्नाउन चिकित्सकहरुको आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

सरिता गुरुङ
पोखरा । पोखरामा पछिल्लो समय आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेको छ । यो रोग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दो क्रममा छ ।

यसै विषयलाई लिएर हिमालय आखाँ अस्पतालले सोमबार जनचेतना मुलक कार्यक्रम एवम पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरामा पछिल्लो समय यस रोगका बिरामीहरुको संख्या वृद्धि भएकोले साबधानी अप्नाउन सबैमा आग्रह गरेको छ ।

दैनिक ७ सय ५० बिरामी जाँच गर्दै आएको यस अस्पतालले आँखा पाक्ने समस्या आएपछी अहिले दैनिक १३ सय बिरामीहरको उपचार गरिरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्रा.डा.इलिया श्रेष्ठले जानकारी दिनुभएको छ ।

श्रेष्ठले यो हप्ता मात्रै १५ सय बिरामी आँखा पाक्ने समस्या लिएर अस्पताल आएको बताउदै जसमा ९ सय बालबालिका मात्रै भएको जानकारी दिनुभयो । उहाँले अन्य उमेर समुहलाई भन्दा बालबालिकामा आँखा पाक्ने समस्या बढी देखिएको बताउदै विशेषगरी बालबालिकामा आँखा पाक्ने समस्या बढीको हुनुको प्रमुख कारण बच्चाहरुले हात नधोइकन आँखामा छुने भएको बताउनुभयो ।

त्यस्तै प्रा.डा.श्रेष्ठका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना आएका थिए । यो रोग त्यति जटिल नभएपनि यसको उपचार भने समयमा नै गर्नुपर्ने उहाँले बताउनुभयो ।

एडिनो भाइरल कन्जङटिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने जस्ता समस्या देखापर्ने हुदाँ यस्ता लक्षण देखिएमा समयमा नै उपचार गर्नुपर्ने समेत बताउनुभयो ।

दाङ, भरतपुर र जनकपुरमा आखाँ पाक्ने समस्याका कारण विद्यालय बन्द भएको अवस्थामा पोखरामा पनि अहिले बच्चामा आँखा पाक्ने समस्या बढी देखिएकाले एकहप्ता विद्यालय नै बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।

श्रेष्ठले दिएको जानकारी अनुसार हिमालयन आँखा अस्पतालको क्षमता दैनिक ८ सय जनाको भएको तर हाल आँखा पाक्ने समस्या आएपछी बिरामी दैनिक १५ सय पुग्ने गरेको छ ।

आँखा पाक्ने समस्या भएमा हिमालय आँखा अस्पताल नै आउनु पर्छ भन्ने छैन जिल्ला जिल्लामा रहेका आँखा उपचार केन्द्र वा अस्पतालबाट पनि सेवा लिन सकिने उहाँले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला