नेपाली काँग्रेसका नेताहरु प्रति भरोसा गर्न सांसद शेरचनकोे आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

बाग्लुङ, साउन २२ । नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो ।
सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो ।

हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन २० देखि ३० गते सम्म ‘विशेष आन्तिरक अभियान’ संचालन गर्ने निर्णय गरे अनुसार बाग्लुङको वुर्तिवाङमा कार्यक्रम संचालन भएको हो ।
यस अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्ला÷जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइएको छ ।

सांसद शेरचनले जनताको बिश्वासलाई आत्मसाथ गर्दै जनतालाई भरोसा गर्न सक्ने काम गर्न उपस्थित कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले कार्यकर्ताहरुलाई कुनैपनि चमत्कारी नयाँ पार्टी देखेर आत्तिन नहुने बताउनुभयो ।
सुशील कोइराला जस्ता सादकी नेताबाट जारी गरिएको बर्तमान संविधानले नेपाली जनताका हक अधिकारलाई संघिय गणतन्त्रात्मक राज्य व्यवस्था मार्फत सिहदरबारको अधिकार गाउँ–गाउँ सम्म पुर्याएको सांसद शेरचनले स्मरण गर्नुभयो ।

बिकास गर्न सक्ने इमान्दार नेता र पार्टीलाई हरेक निर्वाचनमा सफल बनाउनुपर्ने भन्दै उहाँले काँग्रेस भित्र केही सानातिना विकृति भएतापनि त्यसलाई सच्याउदै अघि बढ्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै अर्का सांसद दिलमाया पौवीले बिकासको प्रतिफल नेपाली काँग्रेसमार्फत नै पुर्याएको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस नै महिला, दलित, जनजातिको भएकाले पार्टीको संगठनलाई अझै सवल र सुदृढिकरण गर्दै अघि लैजानुपर्नेमा जोड दिनुभयो ।

सो सम्मेलनमा नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख एवं सो क्षेत्रका प्रतिनिधि रमेश पौडेलले मुलुकमा जुनसुकै दलले आकाशको तारा खसाल्छु भने पनि नेपाली काँग्रेस जस्तो एतिहासिक पार्टीको विकल्प नभएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस वडा नं १ का पार्टी सभापति पान बहादुर छन्त्यालको अध्यक्षतामा भएको सो सम्मेलनमा महाधिवेशन प्रतिनिधि दिपेन्द्र बहादुर श्रेष्ठ, क्षेत्रिय सदस्य ढालेन्द्र छन्त्याल लगायत स्थानिय नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजानुपर्ने भनाई राख्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला