एक्सपर्टको २० औं वार्षिकत्सवमा वृक्षारोपण र सरसफाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । एक्सपर्टको २० औं वार्षिकत्सवको अवसरमा एक्सपर्ट पोखराले वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका २२ पुम्दिकोट पुगेर एक्सपर्टले वृक्षारोपण र सरसफाई गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुम्दीकोट महादेव मन्दिर परिसरमा सरसफाई गरिएको र त्यसपछि नजिकै रहेको पिकनिक स्पटमा वृक्षारोपण गरिएको एक्सपर्टका मार्केटिङ म्योजनर विष्णु प्रसाद गौतमले जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाश बरालले एक्सपर्ट जस्तो शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्वमा समेत आफुलाई संलग्न गरेको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले कन्सलटेन्सीहरु पैसा कमाउने मात्रै नभई सामाजिक क्रियाकलापमा समेत सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।

बरालले शैक्षिक संस्थाहरुले उचित नीति निर्माणमा समेत पहलकदमी गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

वडाअध्यक्ष हिमलाल बरालले एक्सपर्टको सह्रानिय कामलाई स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै व्यवसायिक शैक्षिक संस्थाले आफ्नो वार्षिकत्सवको समय सामाजिक कार्यमा खर्चिनु महत्वपूर्ण भएको बताउनुभयो ।
एक्सपर्टका अप्रेसन म्यानेजर रमेश बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पुम्दिकोट युवा क्लबका अध्यक्ष सुमन बरालले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा एक्सपर्ट पोखराका एकेडेमिक हेड सली देवान सहित स्थानीय र शैक्षिक संस्था गरी एक सय भन्दा बढीको उपस्थिति थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला