श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् वितक कथा वाचन सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन २१ । श्री कृष्ण प्रणामी मन्दिर रत्नचोकमा श्रीमद्वितक कथा तथा कृष्ण कथा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गदै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास हुनेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले वडा सँग जोडिएको मन्दिरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

श्री कृष्ण प्रणामी मन्दिर रत्नचोकका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुश्करेश्वर शिव मन्दिर मासबारका अध्यक्ष पिताम्बर बराल, नेपाली काग्रेस वडा नम्वर ७ का सभापति नविनराज बराल, श्री कृष्णा प्रणामी जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा लगायतले बोल्नुभएको थियो ।
प्रमुख वाचिका साधवी पुजन शिखा माताले श्रीमद् वितकको महत्वको बारेमा बताउनुभयो ।
एक महिनासम्म चल्ने वितक कथाको प्रमुख बाचिका साधवी पुजन शिखा माता रहनुभएको छ । कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष मोहन प्रसाद ढकाल र सञ्चालन सचिव देवी प्रसाद खतिवडाले गर्नुभएको थियो ।
यस अघि विहान कलशयात्रा समेत भएको थियो ।
कलशयात्रामा वडा नम्वर ७ र ८ का विभिन्न आमा समुह तथा सामाजिक संघसस्थाहरुको उपस्थिती रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला