ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनारालाई सार्थक बनाउन न्युरोडमा वृक्षरोपण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन १८ । ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनारालाई सार्थक बनाउन पोखरा महानगरपालिका वडा ९ न्यूरोडस्थित बुटिक चौतारामा वृक्षरोपण गरिएको छ । झण्डै ४२ बुटिक चौतारामा गोल्डेन धुपी, सल्लो रोपिएको हो । महानगर प्रमुख धनराज आचार्यले वृक्षरोपण गर्दै कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

नयाँ सडक टोल विकास संस्थाको अगुवाइमा संस्थाका कावा अध्यक्ष मनोहर श्रेष्ठ, सचिव कृष्ण मर्सानी, पोखरा ९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, महानगर प्रवक्ता मोती तिम्सिना, वरिष्ठ पत्रकार नारायण कार्की, रमेश पौडेल लगायत नयाँ सडक टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यले समेत वृक्षरोपण गर्नुभएको थियो ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले महानगरलाई सफा राख्ने कार्य महानगरको मात्र नभई सम्पूर्ण नगरबासीको पनि दायित्व रहेको बताउनुभयो ।

वृक्षरोपण चिप्लेढुंगादेखि नगरपालिका कार्यालयसम्म गरिएको थियो । वडा ९ को करिब ७ लाख र स्थानीयको जनसहभागिता गरी कुल १० लाखमा बुटिक चौतारा निर्माण गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला