स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण एवं मोटिबेशन कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन १७ । लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा ३३ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोटिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो ।
सो अवसरमा ला. मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एपं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताउनुभयो ।

त्यसैगरी ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताउनुभयो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो ।

यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको क्लबका अध्यक्ष ऐरले बताउनुभयो ।
सो कार्यक्रममा मोटिबेस्नल स्पिकरका रुपमा रहनुभएका प्रतिभा उ.मा.विका प्राचार्य ला किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अर्का मोटिबेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै उहाँले एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गनुभयो ।

कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले विद्यार्थीहरुले मनोरञ्जन लिएका थिए ।
सो विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिनुभयो ।
कार्यक्रमको संयोजक ला शरदकुमार सापकोटाले गनुर््भएको सो कार्यक्रमको ड्रिष्ट्रिक कोचिफ पुरशोत्तम पराजुलीले संचालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला