
काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटासहितको क्यानडामा कन्सर्ट हुने भएको छ । आगामी सेप्टेम्बर १६ मा आँगन इभेन्टले उहाँसहितका कलाकारको कन्सर्ट आयोजना गर्ने भएको हो ।
आँगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले क्यानडाको मिसीसागा सहरमा हुने प्रस्तुतिलाई लिएर दर्शक प्रतीक्षामा रहेको बताउनुभयो ।
भण्डारीले कार्यक्रममा कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की, गायिका सरू देउजाले गायन प्रस्तुत गर्नेछन् र मोडल सुधीर श्रेष्ठ र मनोज विकले नृत्य प्रस्तुति दिने जानकारी दिनुभयो ।